रमेश कार्की 

चितवन । बागमती प्रदेश गल्फ संघको प्रथम अधिबेशन सोमबार काठमान्डौंमा सम्पन्न भएको छ ।  प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशका बोर्ड सदस्य र नेपाल गल्फ संघका केन्द्रीय अध्यक्षको उपस्थितीमा बागमती प्रदेश गल्फ संघको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । अधिबेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमस मदन राना, माधब दवाडी, श्रीराम भन्डारी र आर्शिया वानु रहेको सात सदस्यीय कार्यसमिति चयन गरेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार गठन भएको बागमती प्रदेश गल्फ संघको तदर्थ समितिले बनाएको बिधानलाई सर्वसम्मत रुपमा पारित गरी नयाँ कार्य समिति बनेको हो । नयाँ कार्यसमितिको कार्यकाल ५ वर्ष रहने छ ।  नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि तथा बागमती प्रदेश खेलकुद विकास परिषद बोर्ड सदस्य सुनिता गौतमले परिषदको तर्फबाट गल्फ खेल विकास र बिस्तारमा सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गरिन् । नवौं राष्ट्रिय खेलकुदमा गल्फतर्फ बागमती प्रदेश प्रथम भएको स्मरण गराउँदै खेलाडीको स्तर बृद्विमा प्रदेश खेलकुद विकास परिषद गल्फ संघसँंग सहकार्य गर्न तयार रहेको बताईन् ।

विशेष अतिथि तथा नेपाल गल्फ संघका केन्द्रीय अध्यक्ष टासी घलेले निर्वाचित पदाधिकारीलाई बधाई दिदै, बागमती प्रदेश गल्फ संघ गठनले नेपालमा गल्फ खेलको विकासमा थप सहयोग पुग्ने आशा ब्यक्त गरे । त्यस्तै निर्वाचित संघका अध्यक्ष मदन रानाले आफू लामो समय गल्फ खेल बिकास र विस्तारमा रहेकोले अब नयाँ पुस्ता गल्फमा लाग्नुपर्ने बताए । निर्वाचित बागमती प्रदेश गल्फ संघको पहिलो बैठकले चितवनमा निर्माण गर्न लागिएको गल्फ कोर्षलाई छिटो भन्दा छिटो संचालन गर्न आबश्यक कामको जिम्मेवारी संघका उपाध्यक्ष माधब दवाडीलाई दिने निर्णय गरेको छ । बैठकले जुनियर गल्फ उत्पादन गर्न कम्तिमा हप्ताको २ दिन जुनियर गल्फ ट्रेनिङ संचालन गर्न रोयल नेपाल गल्फ संघ सग सम्झौता गरि जुनियर ट्रेनिङ संचालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय