रमेश कार्की 

गत वर्ष नयाँ डिजाइन र उल्लेखनीय अपग्रेडको साथ आफ्नो आइफोन १५ प्रो मोडलहरू लन्च गरेपछि एप्पलले आइफोन १६ फोनहरू iPhone 16, iPhone 16 Plus, iPhone 16 Pro र iPhone 16 जारी गर्ने तयारी गरिरहेको छ । सेप्टेम्बरको दोस्रो हप्तामा आइफोन लन्च गर्ने भए पनि अहिले देखि नै आईफोन १६ प्रो मोडेलहरूको बारेमा थप भरपर्दो लीकहरू अनलाइनमा देखा परेका छन् । धेरै जसो लीकहरूले आइफोन १६ का सबै चार मोडेलहरू कभर गरेको छ, एप्पलबाट आउने फोनहरूको सबैभन्दा लोकप्रिय शीर्ष एन्ड मोडेलमा ध्यान केन्द्रित गरेको छ ।

भारतमा अहिले सम्म आइफोंन १६ को मुल्य कति हुन सक्छ भन्ने बारे कुरा खुलाएको छैन तर यस फोनमा अपेक्षित सुविधाहरू भने हुने संकेत गरेको छ । आईफोन १६ प्रो म्याक्स रिलीज मिति (अपेक्षित) एप्पलले सामान्यतया प्रत्येक वर्ष सेप्टेम्बरको दोस्रो वा तेस्रो हप्तामा आफ्ना आईफोनहरू लन्च गर्न गर्दछ । गत बर्ष सेप्टेम्बर १२, २०२३ मा आइफोन १५ लन्च भएको थियो । यस वर्ष एप्पलले सेप्टेम्बरको दोस्रो हप्तामा आइफोन १६ प्रो म्याक्स सहित आइफोन १६ लन्च गर्न सक्ने अनुमान गरिएको छ । लीकका अनुसार आईफोन १६ प्रो म्याक्स सेप्टेम्बर ८ र सेप्टेम्बर १४ बीचमा भारतमा लन्च हुन बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय