रमेश कार्की 

काठमाडौं । अमेरिकाको मेरील्याण्ड राज्यको बाल्टिमोर स्थित एभरेष्ट वर्ल्डक्लास तेक्वान्दोको झण्डा सगरमाथाको शिरमा पुगेको छ । मास्टर कुमार कार्किले तेक्वान्दो खेलको पहिलों झण्डा सागरमाथामा अंकित भएको समेत जानकारी गरेका छन् । अमेरिकाको बाल्टिमोरमा मे १८,२०२४ देखि आयोजना हुन गईरहेको दोश्रो एभरेष्ट नेशनल ओपन च्याम्पेनसिपको घोषणा सगरमाथाको शिरबाट गर्ने प्रतिवद्धता अनुरुप नेपाली माउण्टेन गाईड ( हिमाल आरोहण मार्गदर्शी) सुजन गुरुङ गत मिति २०२४, मे १३ तारिकका दिन विहान ७.३० बजे सगरमाथाको शिरमा एभरेष्ट वर्ल्डक्लास तेक्वान्दोको ब्यानर ( ध्वजा) सहित पुगेका छन् ।

तेक्वान्दो खेलाडी समेत रहेका गुरुङलाई एभरेष्ट तेक्वान्दो केयर फाउण्डेसनले प्रवन्ध तथा सहयोग गरेको फाउण्डेसनका संस्थापक “मास्टर क़ुमार कार्की” ले बताए । खेलप्रेमी समुदायलाई तेक्वान्दो खेलको महत्व तथा यसको विशेषता सगरमाथाको शिरबाट घोषणा गर्न पाउँदा आफु हर्षित रहेको मास्टर कुमार कार्कीले बताउदै सगरमाथाको सफल आरोहण गरे वापत धन्यबाद समेत दिएका छन् । आगामी दिनहरुमा फाउण्डेसन मार्फत नेपालमा खेलकुद विकासका लागि लागि पर्ने फाउण्डेसनका संस्थापक “मास्टर कार्कीले” बताए । साथै मे १८ मा हुने दोश्रो एभरेष्ट नेशनल ओपन तेक्वान्दो च्याम्पीयनसिप (राष्ट्रिय खुला प्रतियोगिता) को सबै खेलाडीहरुलाई शुभकामना समेत दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय