
रमेश कार्की
युएसए । नेपालकी चर्चित तेकवान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए निउ जर्सी च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जितेकी छन् । अमेरिकाको न्यु जर्सीमा भएको प्रतियोगितामा महिला ५० वर्षमुनिको फ्रि स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा नन्दाले स्वर्ण पदक जितेकी हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी समितिकी सदस्य समेत रहेकी नन्दाले १० महिनाको अवधिमा जितेको यो तेश्रो स्वर्ण पदक हो । नन्दाले गत साउनमा दक्षिण कोरियामा भएको स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि स्वर्ण पदक जितेकी थिइन् ।