
समर्पण भट्टराई
तनहुँ । जनयुद्ध २ को घोषणा गरेर संगठन बिस्तार तथा जनसरकार गठन अभियान संचालन गर्दै आएको नेकपा ( माओवादी)का गण्डक ब्यूरो सदस्य खगेन्द्र खनियालाई हिजो राती शंखर नारायण श्रेष्ठले संचालन गरेको बाराही बोर्डिङ स्कुल तनहुँको बस जलाएको आरोपमा छाप्दीबाट तनहुँ प्रहरीले नियन्त्रणमा लिएर बेपत्ता बनाएको उक्त पार्टीका महासचिव गौरवले बताएका छन् ।
प्रचण्ड नेतृत्वको माओवादीले जनयुद्धको उद्देश्य पूरा नहुदै संसदीय दलालमा रुपान्तरण भएको र जनयुद्धका सहिद परिवार तथा घाइते योद्धा वेपत्ता परिवार लगायत नेपाली जनतालाई धोका दिएको भन्दै उक्त पार्टीले जनयुद्ध २ घोषणा गरेर संघर्षमा जाने बताउदै आएको छ । यसै क्रममा उक्त पार्टीका नेता कार्यरतलाई विभिन्न समयमा प्रहरीले विभिन्न आरोप लगाउदै नियन्त्रणमा लिने हत्या गर्ने झुट्टा मुद्दा लगाउने गरेको उक्त पार्टीले बताएको छ ।
यस्तै केही समय अगाडी उक्त पार्टीका बारा जिल्ला सेक्रेटरी हिमाल बिकलाई पनि गोलि हानी प्रहरीले हत्या गरेको थियो । गिरफ्तार आफ्ना कार्याकर्ता खगेन्द्रको तत्कालीन सार्वजनिक तथा रिहा नगरे तनहुँ जिल्ला बन्द लगाएत संघर्षका कार्यक्रम अगाडी बढाइने र त्यसको जिम्मेवार संबंधित पक्ष हुनुपर्ने महासचिव गौरवले चेतावनी दिएका छन् ।
उक्त घटना बारेमा थप जानकारी लिन हामीले तनहुँ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक कुमार राय संग सम्पर्क गर्न खोज्दा उहाँ संग सम्पर्क हुन सकेन ।