रमेश कार्की 

टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको छ । लगातार दोस्रो हारसँगै पाकिस्तानको शीर्ष आठको सम्भावना कमजोर बन्यो । भारत भने लगातार दोस्रो जित सँगै समूहमा शीर्ष स्थानमा उक्लियो । न्युयोर्क स्थित नासाउ काउन्ट्रि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले पाकिस्तानलाई जितका लागि १ सय २० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । तर पाकिस्तान निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १३ रन मात्र बनाउन सक्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको भारत १९ औं ओभरमा अलआउट हुँदै १ सय १९ रनमा समेटिएको थियो । उसका लागि ऋषभ पन्तले सर्वाधिक ४२ रन बनाउँदा अक्षर पटेलले २० रन बनाए । त्यस्तै रोहित शर्माले १३ रन बनाउँदा अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन् । भारत विरुद्ध कसिलो बलिङ गर्ने क्रममा पाकिस्तानका नसिम साह र हरिस रउफले ३-३ विकेट लिए । साहले ४ ओभर बलिङ गर्दै २१ रन दिएर ३ विकेट लिंदा ३ ओभर बलिङ गरेका रउफले पनि २१ रन खर्चिएर ३ विकेट लिएका थिए ।

त्यस्तै मोहम्मद अमीरले २ विकेट हात पार्दा सहिन साह अफ्रिदीले १ विकेट लिए । १ सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तान भने पुरै २० ओभरमा ७ विकेट गुमाएर १ सय १३ रनमात्र बनाउन सक्यो । पाकिस्तानका लागि मोहम्मद रिजवानले ३१ रन बनाउँदा बाबर अजाम र उस्मान खान तथा फखर जमामले समान १३-१३ रन बनाए । इमान वासिम १५ रनमा आउट भएका थिए । भारतका लागि जसप्रित बुमराहले ३ विकेट लिंदा हार्दीक पाण्ड्याको नाममा २ विकेट लिएका थए । त्यस्तै अर्सदीप सिंह र अक्षर पटेलले समान १-१ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय