रमेश कार्की  

काठमाडौं । ‘नेपाल आइडल’ सिजन ५ का फाइनलिस्ट करण परियारले अग्रज गायक एवं संगीतकार न्य्हू बज्राचार्यको संगीतमा गीत रेकर्ड गरेका छन् । अडिसनमा करणको स्वर सुनेपछि जज न्य्हूले एउटा गीत गाउन दिने बचन दिएका थिए । सोही अनुसार फाइनल अघि करणले ‘बादल घटामा’ बोलको गीत रेकर्ड गराएका हुन् । त्यसवापत उनले २० हजार रूपैयाँ पारिश्रमिक समेत पाएका छन् ।
चाँडै सार्वजनिक हुने बताइएको यो गीतमा गोपाल प्याकुरेलको शब्द रचना र गोपाल रसाइलीको एरेन्ज छ । नेपाल आइडलको फाइनल यही शनिबार (असार ८) मा हुँदैछ। उपाधिका लागि करणसँगै सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेलले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय