रमेश कार्की 

चितवन । भरतपुर महानगर-१ अवस्थित पोखरा बसपार्क देखी नारायणी नदिको तीर हुदै देबघाट जाने बाटोमा जोर कुशुम पार्क भित्र भरतपुर महानगर वडा नम्बर-१ र लायन्स क्लब अफ चितवन न्यु भोइसेसको सहकार्यकमा २०८०/०३/१५ गते लायन्स प्रतिक्षालय निर्माण भैसकेको छ भने २०८१/०३/०९ गते लायन्स पर्यटकीय शौचालयको निर्माण कार्य सम्पन्न भएको छ ।

१ नम्बर वडा कार्यलय बाट कुल बजेट तिन लाख पचास हजार र लायन्स क्लब अफ न्यु भोइसेसको एक लाख पचास हजार रुपया सहयोगमा यो पार्क भित्र प्रतिक्षालय र शौचालय निर्माण सम्पन्न भएको हो । यस निर्माणका योजनाकार सोही लाइन्सका पुर्व अध्यक्ष सरिता महर्जनले गरेका थिए । त्यस्तै यस पार्क भित्र दैनिक सयौको संख्यामा बालबालिका, युवा देखी वृद सम्मले व्यायाम, ध्यान गर्न र खेल्न सकिनेछ । साथै यस पार्कबाट देवघाट तिर्थस्थल सम्म छोटो दुरीको बाटो हुदै पुग्न पनि सकिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय