
भरतपुर-२२ धनौजी पटीहानी कभर्डहलमा सम्पन्न ८२ औं जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगीतामा अनिशा तामाङले पुम्से विधामा १७ उमेर समुहमा स्वर्ण पदक जितेकी छिन् । मिति २०८१ साउन १८ र १९ गते सम्पन्न भईरहेको खेलमा बाहिरी जिल्ला काठमान्डौं र धादिङ्ले पनि सहभागी जनाएका छन् । अनिशाले यो भन्दा पहिला चितवन जिल्लामा दुई पटक लगातार दुई स्वर्ण पदक हात पारीसकेकी छिन् भने यो तेस्रो पटक जितेर ह्याट्रिक गरेकी हुन् ।
उनी अब राष्ट्रीय प्रतियोगिता हरुमा पनि सहभागी हुने र दैनिक कडा मेहनत गरिरहेको उनको प्रशिक्षक करण खड्काले नेपाल युनिटी अनलाईन खबरलाई बताएका छन् । अनिशा अब आउने एस.सी.सी परिक्षाको पनि तयारीको साथै आफ्नो खेललाई पनि निरन्तरता दिएकी छिन् ।