रमेश कार्की 

फ्रान्स ।  फ्रान्समा जारी पेरिस ओलम्पिक अन्तर्गत महिला म्याराथनमा आज नेपालकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन् । खेल नेपाली समयअनुसार आज मध्याह्न पौने १२ बजे सुरु हुनेछ । सन्तोषी युनिभर्सियालिटी कोटाबाट पहिलो पटक ओलम्पिकमा सहभागी भएकी हुन् । सन्तोषीले दश दिन पेरिसमा नै प्रशिक्षण गरेकी छिन् ।

१३औँ दक्षिण एशियाली खेलकुद सागमा सन्तोषीले १० हजार मिटर दौडमा नेपालका लागि ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् । सागको इतिहासमा नेपाललाई एथलेटिक्सतर्फ स्वर्ण दिलाउने उनी पहिलो महिला खेलाडी हुन्। यस्तै, बंगलादेशमा भएको बंगबन्धु शेख मुजिव ढाका म्याराथन २०२४ मा उनले स्वर्ण जितेकी थिइन् । निर्धारित दूरी दुई घन्टा ४६ मिनेट २२ सेकेन्डमा पार गरेकी थिइन् । ओलम्पिकमा सहभागी सात मध्ये ६ खेलाडी नेपाल फर्किसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय