समर्पण भट्टराई
काठमाडौ / वैदेशिक रोजगारीको लागि भन्दै करिब ४ महिना अगाडी मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्वरस्वती टोल कि फुलमाया लोप्चनलाई युएईमा आकर्षक रोजगारी दिलाउदिने भन्दै भिजिट भिसामा मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ६ बस्ने आशिष् लामाले कुवेतमा पुर्याएर घरेलु कामदारको रूपमा बिक्री गरेका थिए ।
युएई भनी लगिएकी फुलमायालाई घरेलु कामदारको रूपमा कुवेत पुर्याएपछी विभिन्न खाले मानसिक र शारिरिक यातना दिन्दै बन्दक बनाएर राखेको खुल्न आएपछि फुलमायाका आफन्तले नेकपा माओवादी समक्ष सहयोग तथा उद्वारको निम्ति निवेदन दिएका थिए । निवेदन पाए लगतै नेकपा (माओवादी)का केन्द्रिय सदस्यीय कमरेड राजकुमारको नेतृत्वमा रहेको टोलिले पीडित परिवारको समेत सहभागीता उनलाई खोजतलास गर्ने क्रममा निज आशिष लामा भनिने दलाललाई काठमाडौको अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सम्भुमार्ग बाट भदौ ६ गते शुक्रबार नियन्त्रणमा लिएको थियोे ।
नियन्त्रणमा लिए पश्चात् पीडित फुलमायालाई तत्काल स्वदेश फर्काउन तथा निज लामालाई थप कानुनी कार्वाहीका लागि महानगरीय प्रहरी बृत गौशालामा बुझाएको र पीडित फुलमाया यहि भदौ १२ गते बुधबार स्वदेश फर्काउन आवश्यक प्रक्रिया पूरा भैसकेको यस केसलाई नेतृत्व गरिरहेका नेकपा (माओवादी)का केन्द्रिय सदस्यीय राज कुमारले बताएका छन ।
यता कुवेतमा बेचिएर बन्दक बनाइएकी फुलमाया स्वदेश फर्किने निश्चित भए सङै आफन्त र परिवारले खुसी व्यक्त गर्दै नेकपा (माओवादी) लाई यसरी धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।
भिडियो सहित ….