रमेश कार्की 

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज कास्की अदालतमा लगिएको थियो  । तर अदालतले पुन १३ दिनको म्याद थप गरि थप अनुसन्धानको लागि पुन हिरासत पठाईएको छ । लामिछानेलाई अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि पुन म्याद थपको लागि अदालत पेस गरिएको हो ।

लामिछानेसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्व डीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको थियो । उनीहरु विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा रहेको छ ।

यता रास्वपा कार्यकर्ताले आज पनि पोखरामा प्रदर्शन गरेका छन् । जिरोबाट वाइचोक पुगेर सभा आयोजना गरिएको सो पार्टीले बृहत प्रदशन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय