रमेश कार्की
चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक र प्रहरीबीचको झडप भएको छ । जिल्ला प्रहरी कार्यलय अगाडि रास्वपा समर्थकले प्रदर्शन गरेपछि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीका फोहरा र अश्रुग्यास प्रहार गरेका थिए ।
प्रदर्शनकारीको ढुंगा लागेर २० भन्दा बढी प्रहरी घाइते भएको चितवनका एसपी गौतम मिश्रले बताए । प्रहरी देखेपछि रास्वपा समर्थकले ढुंगा हान्न थालेपछि प्रहरीले बल प्रयोग गर्नु परेको उनको भनाई रहेको छ । केहीबेर तितरबितर रवि समर्थकले फेरि प्रहरी कार्यालय अघि आएर नाराबाजी सुरु गरेका थिए ।