रमेश कार्की 

चितवन । जिल्ला खेलकुद विकास समिति चितवनको अध्यक्षमा राजन कार्की नियुक्त भएका छन् । पुर्व अध्यक्ष उत्तम गुरुङको कार्यकाल सकिएको १ वर्ष देखी अध्यक्ष पद रिक्त रहेको हुदा आज बागमती प्रदेश खेलकुद विकास परिषद्ले कार्कीलाई आज ४ वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो ।

कार्कीलाई प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले नियक्ती दिएका हुन् । कार्की करातेका पुर्व राष्ट्रिय
खेलाडी हुन् । उनी नेपाल सितोरियो कराते जिल्लाका उपाध्यक्ष र भरतपुर महानगरका पनि अध्यक्ष हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय