रमेश कार्की 

चितवन । भरतपुरको प्रहरी तालिम केन्द्रको खेल मैदानमा माघ १२ देखि १९ गतेसम्म राइजिङ भरतपुर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । चितवन ११ फुटबल क्लबले आयोजना गर्ने हुने प्रतियोगितामा ८ टिमले भाग लिने शनिबार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुशील कार्कीले बताए । विजेताले ७ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पाउने छन् । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरले जनही १० हजार रुपैयाँ पाउनेछन् । प्लयेर अफ द म्याचले ५ हजार रुपैयाँ पाउनेछन् ।

नेपाल पुलिस क्लबसहित सरस्वती क्लब, सर्लाहीको बागमती युवा क्लब, चितवनको प्याराडाइज युथ क्लब, भरतपुर–२४ खेलकुद विकास समिति, आँबुखैरहनी गाउँपालिका एफसी, गैंडाकोट एफसी र चितवन कालिका नगरपालिकाको सूर्यपुर एफसीले पनि प्रतिस्पर्धा गर्ने आयोजक अध्यक्ष कार्कीले बताए । क्लबले गत वर्ष ३ लाख रुपैयाँ पुरस्कारको भरतपुर च्याम्पियनसिप आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय