रमेश कार्की 

चितवन । चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले कबर्ड हलको अवस्थाबारे मन्त्री महर्जनलाई जानकारी गराएका छन् । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले चितवनमा रहेको कबर्ड हलको निरीक्षण गरेका छन् । लामो समय सम्म देशकै मध्यकेन्द्र बिन्दुमा रहेको बहु उद्देश्य कभर्ड हल रंगरोपन नभएको झ्याल तथा ढोका मर्मत गर्न नसकेको कारण मन्त्री महर्जनलाई कबर्ड हल अवलोकनका लागि कार्कीले निमन्त्रणा गरेका थिए ।

अध्यक्ष कार्कीले कबर्ड हल जीर्ण रहेको र वर्षातको समयमा पानी चुहिने समस्याबाट गुज्रिनु परेको खेलकुदमन्त्री महर्जनलाई अवगत गराएका छन् । भरतपुर माहानगरले बिगत वर्षमा हल भित्र दस लाखको ब्याडमिनटन् म्याट उपलब्ध गराएको थियो तर मर्मत र रंगरोपनको लागि धेरै बजेट लाग्ने भएकोले प्रदेश सरकार संगनै बजेट आहावन गर्न पर्ने भएको बताएका छन् ।

खेलकुदमन्त्री महर्जनले आउँदो आर्थिक वर्षको बजेटमा कबर्ड हलको मर्मतको लागि बजेट व्यवस्थापन गर्ने बचन दिएका छन् । मन्त्री महर्जनले कबर्ड हलका लागि बजेटको व्यवस्थापन गर्ने आश्वासन दिएपछि चितवन जिल्लाका खेलाडी प्रशिक्षक र खेल पदाधिकारीहरू खुशी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय