
रमेश कार्की
चितवन । ७५औं प्रजातन्त्र दिवसको अबसरमा भोलि विहान ७ बजे कार्यलय तथा कवर्डहल सरसफाई कार्यक्रममा नवनियुक्त खेलकुद अध्यक्ष राजन कार्कीले सम्पुर्ण जिल्ला खेल संघ तथा खेलकर्मीहरुलाई भोली सरसफाईको लागि आह्वान गरेका छन् ।
जिल्ला खेलकुदको कार्यालय भवन र खेल खेल्ने कभर्ड हल भनेको जिल्लाभरिको सबै खेलाडी प्रशिक्षक र खेलकर्मीहरूको मन्दिर हो यसको संरक्षण सरसफाईदेखि लिएर सबै जिम्मेवारी संरक्षण प्रशिक्षक खेलाडी र संघ संस्थाको हुने भएकोले सबैलाई निमन्त्रणा गरेको अध्यक्ष कार्कीले नेपाल युनिटी टिमलाई जानकारी दिए ।
जिल्लाको भवन र कभर्डहल विगतको दिनहरूमा कस्तो हालतमा थियो र अहिले कसरी सुधार हुँदै गइरहेको र यो सबैको एकजुट भएर हातेमालो गरेको कारण यहाँ सम्म पुग्न सफल भएको अध्यक्ष कार्कीको भनाइ रहेको छ ।
” खेल प्रेमीहरूले खेललाई मात्र होइन खेल खेल्ने भवन र स्थानहरूलाई पनि माया गर्नुपर्छ र यी सबै कुराहरू खेलकुद अनुशासनभित्र पर्दछ” त्यसैले भोलि सबै जिल्लाभरिका संघहरुलाई एक घण्टा समयलाई निकालेर खेलकूदको लागि आइदिनु हुन अध्यक्ष कार्कीले अनुरोध गरेका छन् । सबै खेलकुद संघका अध्यक्षहरुले आफ्नो पहलमा खेलाडी र प्रशिक्षकहरुलाई समयमा उपस्थित गराइदिनु हुन उनले सबैलाई बिनम्र अनुरोध गरेका छन् ।