
रमेश कार्की
मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाथिभरा क्षेत्रमा विवादित बनिरहेको केबलकारको विरोधमा उभिने चेतावनी दिएका छन् । उनले सरकारले आन्दोलनकारीमाथि धरपकड गरिरहे, उनीहरूको पक्षमा उभिएर देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए ।
रबी र प्रचण्ड सरकारमा हुदा पाथिभरा मन्दिरमा केवलकारको प्रस्ताव रोकिएको थियो । ओली सरकारले ज़बरदस्ती जनताले नचाहँदा नचाहँदै स्थापना गर्न खोजिएको र त्यसमा सेयर लगानी गरेको आरोप गरेका छन् ।
‘पाथीभाराको मुकालुङको विषय सांस्कृतिक, भावनात्मक र ऐतिहासिक मुद्दा हो । यसलाई बलपूर्वक दबाउने दुस्साहस सरकारले नगरोस् । यदि बलपूर्वक सांस्कृतिक मुद्दालाई दबाउन खोजिए ठूलो दुर्भाग्य हुन्छ’ भनेर अध्यक्ष ‘प्रचण्ड’ले चेतावनी दिएका थिएँ । मोरङमा आयोजित सभामा मंगलबार सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो मुद्दामा दुवै पक्ष विन विन हुनुपर्छ’ ।
वार्ता र संवादबाट यो समस्या समाधान नगरिए माओवादी आन्दोलनकारीको पक्षमा उभिनेछ र देशव्यापी आन्दोलनतिर जानेछ। उनले केबलकारमा सरकार नेतृत्वकर्ताहरूकै ठूलो सेयर रहेको दाबी पनि गरेका थिए ।