
रमेश कार्की
चितवन । चितवन खेलकुद विकास समितिका नवनियुक्त खेलकुद अध्यक्ष राजन कार्की जिल्ला भरिका दैनिक खेलकुद गतिविधिमा दिनको १२ घण्टा व्यस्त हुने गरेका छन् । उनी सितोरिया करातेका पूर्व राष्ट्रिय अनुभवी खेलाडी पनि हुन् । आफ्नो समयमा खेलकुद पुर्वाधारको विकास नभएको र राज्यको ध्यानाकर्षणको कमीले गर्दा अन्तर्राष्ट्रिय लेभलमा खेल्न नसकेको र आफ्नो समयमा खेल्दाखेरि आर्थिक समस्या कहिले घाईते भएर समयमा उपचार गर्न नसकेको कारणले पनि आफूले विभिन्न खेलहरु खेल्ने मौका गुमाएको अनुभव र पीडा व्यक्त गरेका छन् ।
अहिले जिल्ला संघ, प्रदेश खेलकुद र राष्ट्रीय परिषद्हरू र स्थानीय तहहरूबाट सहयोग हुने गरेको छन् । साथै खेलकुदका पूर्वाधारहरू करोडौँ अरबौँमा धमाधम बनिरहेको छ तर खेलाडी प्रति राज्यको अझै पनि झुकाब कम रहेको छ । विगत वर्षहरू भन्दा यो वर्ष खेलकुदमा बजेट कटौती गरिएको हुनाले गतिविधि र प्रशिक्षण गराउन मुस्किल हुने र खेलाडीहरुको भविष्य माथी खेलबाड हुने भएकाले राम्रा राम्रा देशहरुमा भिजा लगाएर विदेश पलायन हुने गरेका छन् । यसकारण देशमा खेलकुद नीतिहरु खेलाडीको भविष्यका जिम्मेवारीहरु सरकारले अझै पनि कुनै त्यस्तो राम्रो नीतिनियम नल्याएको अध्यक्ष कार्की बताउछन् । त्यसैले उनले देशमा जुनै दलको सरकार आएपनि खेलकुद र खेलाडी माथी राजनीति नगर्न राजनीतिकर्मीहरूलाई सुझाव दिएका छन् ।
त्यसैगरि उनले नेपाल भनेर झन्डा फरफराएर संसारमा चिनाउने एउटै माध्यम खेलाडीलाई राज्यको पहिलो प्राथमिकतामा राख्न पर्ने बताएका छन् । खेलाडीको उज्ज्वल भविष्यको मध्यनजर गर्दै नीति निर्माण गर्न खेलकुदमा क्रान्ति ल्याउन आवश्यकता रहेको भनि अध्यक्ष कार्कीले नेपाल युनिटीअनलाईन खबरलाई जानकारी गराएका थिए ।