✍️ रमेश कार्की,

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले आफू मन्त्री पदबाट फिर्ता हुन तयार रहेको बताएका छन् । हिजो एउटा मिडियामा बोल्दै गर्दै किरातीले जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा आफू मन्त्रीबाट फिर्ता हुन तयार रहेको बताएका हुन् ।

‘जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा म मन्त्रीबाट फिर्ता हुन तयार छु’ उनले भने ‘मिलाउने भनेको २ अंकको केन्द्रीय समिति बनाउ तर म सहितको हुनुपर्छ भन्ने मेरो सर्त होइन ।’

उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाध्यता रहेको बताउँदै उनलाई सहयोग गर्न तयार रहेको बताए । प्रधानमन्त्री प्रचण्डले किराती सहितका माओवादी मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिपरिषद हेरफेर गर्न लागेको चर्चापछि किरातीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय