रमेश कार्की
चितवन । रवि माथि चितवन प्रहरीले पनि रायसहितको प्रतिवेदन बुझाएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलनमा चितवन प्रहरीले पनि रायसहतिको प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो । रास्वपाका सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशीलगायतमाथि अनुसन्धान पूरा गरेर शुक्रवार प्रतिवेदन बुझाइएको हो । उक्त प्रकरणमा १७ जनाविरुद्ध यसअघि नै मुद्दा दायर भइसकेको छ ।
सरकारी वकिलको कार्यालयको निर्देशनबमोजिम प्रहरीले पूरक अनुसन्धान गरेर प्रतिवेदन बुझाएको जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले जानकारी दिए । प्रहरीले रवि र छविसहितलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन पेश गरेको छ । त्यस्तै अन्य सातवटा कम्पनीविरुद्ध पनि मुद्दा चलाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।