रुपन्देही- केहिदिन अघि सामाजिक संजालमा एकजना युवक संङको तस्वीर सार्बजनिक भएपछि विवादमा तानिएकी लुम्बिनीकी प्रदेश सांसद विमला वली खत्री अर्को झमेलामा परेकी छन् । उनीविरुद्ध दुई नाबालक छोराहरुकै तर्फबाट अदालतमा अंश मुद्दा दायर भएको छ ।

विमलाका दुई छोराहरु १२ वर्षिय प्रणय वली र ९ वर्षिय दिवाकर वलीको तर्फबाट उनीहरुका साहिँलो बुबा अमरबहादुर वलीले जिल्ला अदालत दाङमा मुद्दा दर्ता गराएका छन।

दाङ जिल्ला अदालतका श्रेस्तेदार धनसिंह गिरीले दाङ जिल्ला दंगीशरण गाउँपालिका–६ लेटारका अमरबहादुर वलीले नावालक छोराहरुको तर्फबाट निवेदन दर्ता गरेको जानकारी दिए । श्रेष्तेदार गिरीका अनुसार भदौ ३ गते पेश भएको उक्त मुद्दाको दर्ता नं ०७३-०७८-००३६२ रहेको छ ।

निवेदकले विपक्षी विमलाकुमारी खत्री वलीबाट नावालक छोराहरुको सम्पत्तिको हिनामिना हुने अवस्था आएकोले उक्त सम्पत्तिको संरक्षण र नावालकहरुको अधिकारको संरक्षण गर्नु अभिभावकको दायित्व भएको उल्लेख गरेका छन् । निवेदक अमरबहादुर विमलाका श्रीमान स्वर्गीय उत्तरकुमार वलीका साहिँला दाजु हुन् ।

निवेदक वलीले पछिल्लो विकसित घटनाहरुले आफूलाई विमला वलीबाट उत्तरकुमार वलीका नावालक छोराहरुको सम्पत्तिको असुरक्षा देखिएकोले सम्पत्तिको संरक्षणका लागि अदालत पुगेको बताएका छन् ।

‘विमला सम्पर्कमा आएको भए त्यो अवस्था हुँदैनथ्यो होला, तर उनी ४ महिनादेखि हाम्रो सम्पर्कमा छैनन्, त्यसैले अदालत पुग्नुपर्ने बाध्यता आयो,’ उनले भने ।

अरु धेरै कुरा हामीलाई भन्दा तपाईहरुलाई नै थाहा छ । पछिल्लोपटक सामाजिक सञ्जालमा भाइरल भएको घटनाले हामीलाई सशंकित बनायो । त्यसैले निवेदन पेश गरेको हुँ ।’ उनले थपे।

नेकपा एमालेको तर्फबाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट निर्वाचित उत्तरकुमार ओलीको दुर्घटनामा निधन भएपछि २०७६ सालमा सम्पन्न उपनिर्वाचनमा तत्कालीन नेकपाको तर्फबाट विमला निर्वाचित भएकी थिइन् ।

केही दिनअघि एक वाइसीएल कार्यकर्ताले आफ्नो फेसबुकमा विमलासँगको रोमान्टिक तस्वीर सार्वजनिक गरेका थिए । विवादमा आएपछि उनीहरु दुवैले त्यो तस्वीर ‘एडिटेड’ भन्दै ढाकछोपको प्रयास गरिरहेका छन् । यद्यपि तस्बिर कसरी सार्बजनिक भएको हो के उदेश्यले गरियो भन्ने अझै अन्योल कायमै छ। नेपाल प्रेस अनलाइन बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय