रमेश कार्की 

धरान । धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा ताला लगाइदिएका छन् । सिनेट सदस्य समेत रहेका मेयर साम्पाङले सोमबार शिक्षक, कर्मचारीहरुको निरन्तरको आन्दोलनले अस्तव्यस्त रहेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राडा प्रल्हाद कार्कीको कार्यकक्षमा ताला लगाइदिएका हुन् । उनले ताला नखोल्न चेतावनी समेत दिएका छन् ।

अहिले बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारीहरू आन्दोलनमा छन् । यस्तो बेलामा प्रतिष्ठानको समस्या समाधान गर्न छोडेर बिदामा बसेका कामु उपकुलपति कार्कीको कार्यकक्षमा आफूले ताला लगाउनु परेको मेयर साम्पाङको भनाइ छ । कामु उपकुलपति कार्कीले कार्यकारिणी समितिको बैठक बोलाएर बिदामा बसेपछि शिक्षक, कर्मचारीहरूले उपकुलपतिलाई प्रतिष्ठानमा निषेधित क्षेत्र घोषणा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय