थाइलैंड । मिति २७ जनवरी २०२४ थाइल्यान्ड, च्याङ्ग्माइमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालबाट ८ खेलाडीले प्रतिनिधित्व गरेका थिए । उक्त प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गरेका सबै खेलाडीहरुले पदक प्राप्त गरेका छन् । त्यस प्रतियोगितामा नेपाली खेलाडीहरुले ६ स्वर्ण पदक २ रजत पदक गरि ८ ओटा पदक प्राप्त गरेका हुन् ।

चितवन, कालिका नगरपालिकाका खेलाडी रमेश कार्की र रजत कार्कीले पुम्से बिधा तर्फ स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । त्यसै गरि भरतपुर महानगरपालिकाका खेलाडी करण खड्का, दिक्षित सुवेदी, कमल भट्टराईले फाइट तर्फ स्वर्ण पदक प्राप्त गरेका छन् भने रत्ननगर नगरपालिकाका संदेश बास्तकोटिले फाइट तर्फ रजत पदक प्राप्त गर्न सफल भएका छन् । त्यसैगरी दाङ्ग जिल्लाबाट फाइट तर्फ बिरेन्द्र डाङ्गीले स्वर्ण पदक र रिमोत झाक्री मगरले रजत पदक प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय