रमेश कार्की 

लन्डन ।  भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई लन्डनस्थित संयुक्त अधिराज्य (बेलायत) को संसद् हाउस अफ कमन्समा आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय मेयर अवार्ड प्रदान गरिएको छ । बेलायतस्थित इकोनोमिक पोलिसी ग्रुप तथा बेलायती सांसद भ्यालरी बाजद्धारा बिहीबार आयोजना गरिएको पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्ड २०२४ अन्तर्गत नगर प्रमुख दाहाललाई अन्तर्राष्ट्रिय मेयर अवार्ड प्रदान गरिएको हो ।

लन्डनका मेयर सादिक खानले दाहाललाई अवार्ड प्रदान गर्नु भएको थियो । कार्यक्रममा मेयर खानलाई पनि लोकल गर्भमेन्ट अवार्ड प्रदान गरिएको थियो । भरतपुर महानगरपालिकाको समग्र विकासमा उल्लेखनीय र उत्कृष्ट योगदान गरेबापत नगर प्रमुख दाहाललाई अवार्ड प्रदान गरिएको कार्यक्रममा जानकारी दिइएको थियो ।

अवार्ड ग्रहण गर्दै महानगर प्रमुख दाहालले आफूलाई नेपाल र भरतपुरवासीका लागि थप काम गर्ने ऊर्जा र हौसला मिलेको बताउनु भयो । उहाँले आफ्नो कामको मूल्याङ्कन गरेर अवार्ड दिएकोमा आयोजकलाई धन्यवाद पनि दिनु भयो । राजनीतिक तथा सार्वजनिक क्षेत्रका ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय २४ जनालाई यस वर्ष सो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय