रमेश कार्की 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई सातौँ पटक कास्की जिल्ला अदालत उपस्थित गराइएको थियो ।

म्याद थपका विषयमा भएको बहसपछि जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । रबि समर्थकहरुले भने सरकार विरुद्धमा ठाउँ ठाउँमा बिरोध पर्दशन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय