प्रिया राना

सनिवार काठमाडौ नेपाल । काठमाडौँ – चलचित्र विकास बोर्ड नेपालले “स्टोरी बैंक” स्थापना गरी यसको संचालन तथा व्यावस्थापन गर्नका लागि ‘स्टोरी बैक कार्यविधि-२०७७’ को एक मस्यौदालाई पूर्णता दिएकोछ। कार्यविधिलाई बोर्डका सदस्य–सचिव महेन्द्र बहादुर साँखिज्युको संयोजकत्वमा चलचित्र जगतका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी गरिएको ११ सदस्यीय समितिले मस्यौदा तयार गरेको थियो।

उक्त समितिको सह–संयोजकमा नायक/ निर्माता सिमानामा काडेंतार अभियानका अभियान्ता तथा मजदुरका लागि मजदुर अभियान सन्चालन गर्दै आएको नेपाली मजदुर एकता समाजका संरक्षक नवल खड्का, रहनु भएको छ भने तेस्तैगरि सदस्यहरुमा बिकास आचार्य, रवीन्द्र रञ्जन झा, फुलमान वल, दिपेन्द्र के. खनाल, छिरिङ रितार शेर्पा, मीन बहादुर भाम, केकि अधिकारी, तारा कुमार श्रेष्ठ (कानुनी सल्लाहकार) र गिरिश शर्मा (चलचित्र बिकास बोर्ड) हुनु हुन्छ ।

यो मस्यौदा चलचित्र विकास बोर्डका अध्यक्ष श्री दयाराम दाहालज्युको सोच र सक्रिय निर्देशनमा प्राप्त भएका कारण तुरुन्तै तयार हुन सम्भव भएको हो। यस कार्यविधिमार्फत् स्टोरी बैंकको सञ्चालन र व्यवस्थापनको शुरुवातसँगै नेपाली चलचित्र निर्माण कार्यमा नेपाल सरकारको उत्साहजनक सहयोग र समर्थन हुने विश्वास समेत गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय