रमेश कार्की 

चितवन । भरतपुर महानगरपालिकाले भिएमएस (भिडियो म्यानेजमेण्ट सिस्टम) सहितको सिसिटिभी जडानको औपचारिक शुभारम्भ गरेको छ । सोमबार आयोजित कार्यक्रममा महानगरपालिकाको मुख्य गेट अगाडि ल्यापटपमा स्वीच थिच्दै महानगर प्रमुख रेनु दाहालले प्रणालीको उद्घाटन गर्नुभयो ।

महानगरपालिकाका अनुसार भरतपुरका ४१८ स्थानमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । यो प्रणाली सञ्चालनमा आएपछि शहरको सुरक्षा व्यवस्थापन, ट्राफिक निगरानी, अपराध नियन्त्रण र आकस्मिक घटनाको छिटो प्रतिक्रिया प्रणालीलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

भिएमएसमार्फत सबै क्यामेराबाट आउने दृश्य एकै ठाउँबाट निगरानी गर्न सकिने भएकाले सुरक्षा निकाय र महानगरपालिकालाई समन्वयमा काम गर्न सहज हुने बताइएको छ । कार्यक्रममा बोल्दै प्रमुख दाहालले सिसिटिभी जडानले भरतपुरलाई सुरक्षित र आधुनिक शहरको रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
महानगरपालिकाले आगामी दिनमा थप प्रविधि प्रयोगमार्फत स्मार्ट सिटी अवधारणालाई विस्तार गर्दै लैजाने योजना रहेको  छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय