
रमेश कार्की
चितवन । चितवन गौतम बुद्ध क्रिकेट रंगशालाको बारेमा भ्रम र यथार्थ:-
१) रंगशाला निर्माण र स्रोत संकलन धुर्मुस सुंतली फाउंडेशनको दायित्व भित्रको काम थियो तर सोचे अनुरूप बजेट संकलन हुन नासक्दा उक्त काम संपन्न हुन सकेन ।
२) जहासम्म भरतपुर महानगर र सरकारी संयंत्रले सहयोग गरेन कि भन्ने कुरा छ त्यसमा सत्यता छैन । खर्च भएको करिव ६० करोड मध्ये ३० करोड भन्दा बढ़ी रकम भरतपुर महानगर र अन्य सरकारी निकायले दिएका हुन् । जग्गा प्राप्ति देखी सुरूआती चरणका काममा र अन्तिम सम्म पनि महानगरका मेयर रेनु दाहाल र उहाको मातहतका सबै संयंत्रले सक्ने सम्मको सहयोग गरेका छन् ।
3) बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्रीले कबोल गरेको पैसा दिनुभएन भन्ने गुनासो पनी रहेछ त्यो पनी पूर्ण सत्य होइन । बागमती सरकारले प्रत्येक बर्श बजेट छुट्याएको छ, कतिपय बर्षहरूमा प्रक्रिया नपूर्याउदा बजेट फ्रिज पनी भएको छ ।
४) धुर्मुसले सिधा फाउंडेशनको खातामा जम्मा हुने गरी सरकारी बजेट आउला भन्ने अपेक्षा गर्नुभएको रहेछ तर नेपालको बिद्धमान कानूनले कुनैपनी सस्थालाई सार्बाजनिक खरीद ऐन तथा नियमावली बिपरीत सिधै खातामा पैसा हालिदिन मिल्दैन । त्यही कारण केन्द्र सरकार र राखेपले छुट्याएको रकम पनी दिन सकेनन् ।
५) अन्तिम सम्म पनी भरतपुर महानगरकी मेयर दाहालले धुर्मुसको ऋण तिर्न अनेक उपाय खोजी नगरेको होइन, तर कुनैपनी केन्द्र, प्रदेश र स्थानीय तहका कर्मचारीले गैरसरकारी सस्थाले सीधा खरीद गरेर ऋण लागेको दायित्व तिरने गरी निर्णय गर्न मानेनन् र मेयर वा कार्यालय प्रमुख एकलैले भुक्तानी दिन मिल्दैन ।
६) अहिले उहाले जेंजी सरकार र खेलकूद मन्त्री ज्युलाई अलिक दवाब दिएको देखिन्छ । उहाको पीड़ा देखेर हुन्छ यो सरकारले तपाइको ऋण तिरिदिन्छ भनियो भने फेरी यी पनि पहिलेका जस्तै रहेछ भन्ने अबस्था आउने निश्चित छ ।

समाधान के त ?
१) धुर्मुस सुंतली फाउंडेशनले आफूले पाउनू पर्ने रकम माग दाबी गरी सरकार बिरुद्ध अदालतमा मुद्दा दायर गर्ने र फैसला भएपछी उधारो तिरने ।
२) सार्वजनिक खरीद ऐन तथा नियमावली संशोधन गरी उधारो खरीद गरी सार्वजनिक सम्रचना निर्माण गरेको कामको मूल्यांकन गरी भुक्तानी दिन सकीने ब्यबस्था गरी सिधै भुक्तानी दिने ।
३) अध्यादेश मार्फत बिशेष कानून ल्याएर ऋण तिरने ब्यबस्था गरने ।
४) कुनै पुरस्कार कोस खड़ा गरी पुरस्कार स्वरूप ऋण बराबरको रकम ले पुरस्कृत गरने ।
अन्यथा, कसैले चाहेर पनी धुर्मुसको ऋण तिरिदिन सक्दैन । उनलाई झनपछि झन पीड़ा थपीने र उनलाई बिगतमा सहयोग गरेकाहरूले समेत आलोचना खेप्नुपर्ने हुन्छ।

