काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसँग जोडिएको सम्पत्ति विवाद सार्वजनिक भएसँगै सरकारभित्रै गम्भीर राजनीतिक हलचल देखिएको छ । माइक्रो इन्स्योरेन्स कम्पनीमा लगानी र त्यसको विवरण सार्वजनिक नगरेको आरोपपछि नैतिकता र पारदर्शितामाथि प्रश्न उठ्न थालेका छन् ।

स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाह समक्ष गृहमन्त्रीबारे कडा असन्तुष्टि व्यक्त गर्दै बर्खास्तीको माग राखेका छन् । यस विषयमा उच्चस्तरीय छलफल तीव्र बनेको बताइएको छ ।

सम्बन्धित कम्पनी र त्यससँग जोडिएका व्यक्तिहरूमाथि छानबिनको प्रक्रिया अगाडि बढिरहेकाले, सरकारको सुशासन प्रतिबद्धता पनि परीक्षणमा परेको विश्लेषण गरिएको छ ।

यस्तै, गृहमन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने विषयमा समेत आन्तरिक परामर्श भइरहेको र छिट्टै निर्णायक कदम आउन सक्ने संकेत गरिएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय