प्रिया राना
काठमाडौं, “सेवा नै ठुलो धर्म हो”, यहि भनाइलाई आत्मसात् गर्दै कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ९, हाल नेपालगन्ज उपमाहानगरपालिका वडा नं. १० निबासी गणेश हमालले काठमाडौंमा रहेको रिमा साइराम सेवा घरमा रहेका सम्पूर्ण असहाय ब्याक्तीहरुलाई एकदिनको खाना खुवाएका छन् । नेपाली मजदुर एकता समाज नेपाल समितिका सदस्य तथा प्रदेश नंम्बर ५ का संयोजक गणेश हमालले उक्त साइराम सेवा घरको आवासमा एक दिनको खाना खुवाएर सहयोग गरेका हुन् । रिमा साइराम सेवा घर नेपाली मजदुर एकता समाज केन्द्रिय समितिकि कोषाध्यक्ष रिमा सापकोटाले संचालन गरेकि हुन् ।
समाजसेवी गणेश हमालले उक्त रिमा साईराम सेवा घरको आवासमा गइ त्यहा रहेका असहाय, वृद्ध, अपाङ्गता, साना साना अनाथ बालबालिकाहरु गरि जम्मा ३९ जनालाई सामुहिक भोजन गराएका थिए । बिहीबार गरिएको उक्त भोजन कार्यक्रममा उनले समाजसेवी भावले उनीहरुलाई भोजन गराएको बताए । लामो समयदेखिको आफ्नो पकेट खर्च बचत गरि उनले यस्ता धेरै कुरामा सहयोग र साथ दिदै आइरहेका छन् । यसरी अफ्ट्यारोमा परेका, दुखी, पीडित, असहाय, जेष्ठ नागरिक, अनाथ बालबालिकाहरुलाई मानवीयताको हिसाबले सहयोग गर्न पाउँदा सारै खुसी लाग्ने र मन पनि आनन्द हुने हमालले बताए ।
आफू कालिकोटमा जन्मे पनि समाजसेवामा सक्रिय भएर सामाजिक सेवामा निरन्तर लागि परेका उनी आउदो दिनहरुमा पनि यसै गरि दिन दुखीहरुको सेवामा निरन्तर लाग्ने कुरा नेपाली लेबर युनिटि डट कमलाई बताए । आफुले आधा पेट खाएर अरुलाई सहयोग गरि उनीहरुलाई खुसी गराउन सक्नु नै जिन्दगीको सबभन्दा ठुलो धर्म र आनन्द प्राप्ति हुने कुरा समाजसेवी हमालले सुनाए । त्यसैले उनको खुसी भनेको असहाय, अशक्त, अनाथ तथा कोहि नहुनेहरुको लागि आफ्नो भएर उनीहरुको लागि निरन्तर सेवा गर्नु रहेको छ ।
उक्त भोजन कार्यक्रममा हमाल दिनभर रिमा साइराम सेवा घरका परिवार सँग खुसीयाली बाड्दै बिताएका थिए भने उनीहरुले पनि खुसी हुदै हमाललाई आशिर्वाद दिएका थिए । उक्त भोजन कार्यक्रममा नेपाली मजदुर एकता समाजका केन्द्रिय अध्यक्ष तथा अभियान्ता तेज बहादुर कार्की सहित अन्यको पनि सहभागिता रहेको थियो । यसरी नेपाली मजदुर एकता समाजका धेरै सदस्यहरुले देश तथा बिदेशमा विभिन्न अवस्थामा रहेका दुखी, पीडित, असहाय साथै विभिन्न समस्यामा परेकाहरुको लागि विभिन्न तरिकाबाट साथ र सहयोग गर्दै आइरहेको अध्यक्ष तेज बहादुर कार्कीले नेपाली लेबर युनिटि डट कमलाई बताए ।