
चितवन । समाजसेवी रमेश कार्कीले भरतपुर महानगरकी प्रमुख रेनु दाहालको समर्थनमा सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै उनीमाथि भइरहेका आलोचनाको प्रतिवाद गरेका छन् । स्टाटसमा उनले लेखेका छन् — “यदि रेनु दाहालले तपाईँको मेसेज हेरिन, कल रिसिभ गरिन वा अफिसमा भेट्न पाइएन भने त्यसको बदलामा उहाँ टिकटक बनाउँदै स्टनबाजी गरिरहनुभएको देख्नुभयो भने मात्रै भन्नुहोला। उहाँ आम जनताको काममा नै व्यस्त हुनुहुन्छ।”

कार्कीका अनुसार रेनु दाहाल दिनभरि कार्यालयमा नागरिकका काममा व्यस्त रहन्छिन् र चिया–कफीको भरमा पनि लगातार काम गर्ने नेतृ हुन्। उनले लेखेका छन् — “हामीले आवेगमा आरोप लगाउँदा उहाँलाई न्याय हुँदैन।”उनले मेयर दाहालको सादगी र जनप्रतिबद्धताको प्रशंसा गर्दै थपे — “उहाँ चाहनुहुन्थ्यो भने मेयरको हैसियतमा हजारौँ परिकार खान सक्नुहुन्थ्यो, तर कहिल्यै त्यस्तो गर्नुभएको देखिएको छैन।”

समाजसेवी कार्कीले भरतपुरका नागरिकलाई सकारात्मक सोच राख्न आग्रह गर्दै भनेका छन् — “उहाँ हाम्रै कामका लागि व्यस्त हुनुहुन्छ, त्यसैले धैर्य राखौं र सकारात्मक दृष्टिकोणले हेऔं।” उनको यो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ । केहीले उहाँको तर्कलाई समर्थन गरेका छन् भने कतिपयले आलोचना पनि गरेका छन्।
