काठमाडौँ, ११ भदौ :- पूर्वसांसद मञ्चले संविधानसभा सदस्य जुठबहादुर (जेबी) टुहुरे खड्गीको निधनमा दुःख व्यक्त गरेको छ । मञ्चका कार्यवाहक अध्यक्ष झलनाथ वाग्लेद्वारा आज जारी विज्ञप्तिमा विसं २०७० मा मोरङ जिल्ला क्षेत्र नम्बर ९ बाट निर्वाचित उहाँको बिहीबार निधन भएकामा दुःख व्यक्त गरिएको हो ।
मञ्चका आजीवन सदस्य टुहुरेको बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उहाँको निधनमा श्रद्धाञ्जलि अर्पण गर्नाका साथै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ ।