✍️ रमेश कार्की,

चितवन, साउन ७ । चितवन उद्योग सङ्घले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरि भरतपुर महानगरमा शनिबारे मेला सञ्चालन गरेको छ । मेलाको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल द्वारा उद्घाटन गरिएको छ । मेयर दाहालको भनाइ अनुसार स्थानीय कृषिजन्य, बस्तुहरु, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनको प्रबर्द्धन गर्ने स्थानीय क्षेत्रमा पाइने चिजबिजहरु जस्तै चिउरी, तामा, अन्डा, फलफुल, गिठ्ठा भ्याकुर, बङ्गेर, सागसब्जी अन्य तरकारी, कुरिलो, निउरो, मह, दुध दहि आदि घरमै उत्पादक बस्तुलाई प्राथमिकता दिई भरतपुर बासिन्दाहरुलाई आत्मनिर्भर बनाउने र बाहिरबाट आयात हुने सामानलाई बिस्तारै कम गर्दै लैजाने उद्देश्यका साथ यो मेलाको सुरुवात गरिएको हो ।

अबदेखि हरेक शनिबार बिहान ६ बजे देखि ११ बजेसम्म चितवन औद्योगिक प्रदर्शनी केन्द्र परिसरमा यो मेलाको आयोजना गरिने छ र चितवन भरतपुर भित्र रहेका सबै जनमानसमा यो खबर पुर्याउन अति आवस्यक रहेको छ । कुनैपनी व्यापार ब्यबसायमा सफलता पाउन सानो सानो कदमबाट अघि कदम राखियो भने पक्कै एकदिन सफल भइन्छ। एकैपटक करोडौं र अरबौको लगानीमा व्यापार गर्दा सफल होला भनेर भन्न सकिन्न । त्यसैले हरेक मानिसले आफू निर्भर रहन सानो सपनाहरुबाट ठूलो सपना देख्नपर्छ भनेर मेयर दाहालले आफ्नो भनाइहरु राखेकी थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय