✍️ रमेश कार्की,

भरतपुर, चितवन । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ को मोबाईल एप सार्वजनिक गरेको छ । यो एप Android र IOS मोबाइलमा उपलब्ध रहेकोछ । यस एप भित्र भरतपुरको पर्यटकीय स्थानको बारेमा विस्तृत रुपमा भर्चुअल जानकारी गराएको छ । यो एपको माध्यमबाट भरतपुरको विभिन्न पर्यटकीय क्षेत्रहरुको जानकारीलाई सहजै हेरेर आफ्नो पूर्व योजना गरि भ्रमण गर्न सकिनेछ ।

यी यावत योजनाहरुको योजनाकार महानगर कि प्रमुख मेयर रेनु दाहाल हुन् । उनले पछिल्लो कार्यकालदेखि अधुरो रहेको र यो योजना कोभिड -१९ को महामारीको कारण गर्न नसकेकोले अब पुर्व योजना सहित सबै काम गर्ने घोषणा गरेकी हुन् । उनको भरतपुरलाई आन्तरिक र बाह्यय पर्यटनहरुलाई केन्द्रीकृत गरि देशकै उत्कृष्ट शहर गराउने योजना समेत रहेको छ। भरतपुर बिगत केही बर्ष यता देखि विभिन्न क्षेत्रहरुमा प्रख्यात रहि आएको छ । जस्तै खेलकुद, शिक्षा,स्वास्थ्य, राजनीतिक, कृषि इत्यादि ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय