क्वालाम्लमपुर, मलेशिया । वैदेशिक रोजगारीका लागि केही महिना अगाडि मात्रै मलेशिया पुगेर अलपत्र बनेका ३ दर्जन बढी नेपाली श्रमिकले न्युनतम पारिश्रमिक पाउने भएका छन्।
वैदेशिक राेजगारीका लागि मलेशिया पुगेका नेपाली श्रमिकले लामाे समयदेखि पारिश्रमिक नपाएकाे समाचार सार्वजिनक भए संगै नेपाली श्रमिकलाई न्युनतम पारिश्रमिक दिन मलेसिया को ब्लाक हम्मर कम्पनी तयार भएकाे हाे।
मलेशियामा नेपाली श्रमिक अलपत्र परेकाे समाचार सार्वजनिक भएसँगै नेपाली श्रमिक हरुको क्षेत्रमा कार्यरत नेपाली मजदुर एकता समाजले साे विषयमा चासाेका साथ पहल कदमी लिएकाे थियाे।
मजदुर समाजका महासचिव समर्पण भट्टराईले नेपाली कामदारको न्युनतम पारिश्रमिक उपलब्ध गराउन र नियमित काम दिन नसके क्षतिपूर्तीसहित कामदारलाई स्वदेश फर्काउन वैदेशिक रोजगार बिभागका महानिर्देशक मदन दाहाल, मलेशियास्थित नेपाली राजदूतावासका डिसिएम मोति श्रीश मगर, श्रम सहचारी र सम्बन्धित म्यानपावर कम्पनीसँगको पहलपछि कामदारको समस्या समाधान गर्न सम्बन्धि कम्पनी तयार भएकाे मजदुर समाजकी सचिवालय सदस्य एवं संचार बिभाग प्रमुख प्रिया रानाले नेपालयुनिटी लाइ बताइन ।