
रमेश कार्की,
साउन -११, चितवन । कालिका नगरपालिका-१ अबस्थित श्री राष्ट्रिय माध्यमिक बिद्यालय समिपुरमा छात्रवृत्ति वितरण, एस.ई.ई मा उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा बस हस्तान्तरण कार्यक्रममा त्यसै नगरका समाजसेवी रमेश जङ्ग थापाले उत्कृष्ट जिपिए नम्बर ल्याएका विद्यार्थीलाई पाठ्यसामग्री र दुइटा साइकल हस्तान्तरण गरेका छन् ।
थापा बिगत केही बर्ष देखि निरन्तर आफ्नो नगरपालिका भित्रका दिनदुखी, गरिब र हस्पिटलमा अलपत्र परेका बेखर्ची बिरामीहरुको बैसाखी बन्दै उभिएका छन् । उनी आफ्नो खाजा खर्च, लत्ताकपडा र फाल्तु खर्चलाई बचत गरेर समाजसेवामा खर्च गर्दै आइरहेका छन् । उनको कामको तीव्रताले आज सिङ्गो नगरबासिले पनि प्रशंसा गर्दै आइरहेका छन् ।
उनी एक तेक्वान्दो खेलका पुर्व खेलाडी भएकाले खेल क्षेत्रमा लगाव हुनुको साथसाथै खेलाडी र युवाहरूलाई सधैं सहयोग सल्लाह र प्रेरणा दिदै सम्पूर्ण युवाहरुको ढुकढुकि बन्दै आइरहेका हुनाले उनी सम्पुर्ण युथहरुको रोल मोडलको रुपमा उभिएका छन् ।