✍️ रमेश कार्की,

मलेसिया । 6th Gewinn Malaysia open International Taekwondo Championship 28-30-2023 मलेसियामा संचालन भैरहेको छ । उक्त प्रतियोगितामा चितवन बाट ३ जना खेलाडीहरुले हिजो र आज गरेर सहभागिता जनाएका थिए । १ महिला खेलाडी जैनब खातुनले २ स्वर्ण (पुम्से र जम्प फ्रन्ट किक) मा हात पारेकी छिन् भने अफ्ताब आलमले ८७+ केजी फाइट तर्फबाठ १ स्वर्ण र हेम प्रसाद भट्टले पन्चमा १ स्वर्ण पदक हात पारेका छन् । यस मध्य जैनब खातुन र अफ्ताफ आलम नेपालबाट सहभागी जनाउन गएका थिए भने हेम प्रसाद मलेसियामा विगत १० बर्ष देखि कामदार भिजामा निरन्तर खटिरहेका छन् । उनी आफ्नो डिउटी सकिएपछि पछि आराम नगरी समय निकालेर दैनिक तालिम गर्दै आइरहेका छन् ।

हेम प्रसाद भन्छन्, “सर्वप्रथम म एक नेपाली खेलाडी हु म आफ्नो घरायसी समस्याले बिदेशी भुमिमा कामदार भिजामा आएता पनि मलाई कुनै दुख महसुस भएको छैन किनकी मैले देशको लागि बारम्बार पदक दिइरहेको छु र आफ्नो खुसी पनि यसैमा मिलाइएको छु । म एउटा खेलाडी हुनाले म भित्र रहेको खेल मानसिकता कहिले मेट्न सकेन र आज पनि समय र शरीरले भ्याएसम्म निरन्तर लागि रहेको छु र अन्त सम्म लागिनै रहेको छु”

 

हेम प्रसादले पटक पटक नेपालबाट सहभागीको लागि गएका दर्जनौं खेलाडीहरुलाई आर्थिक, भौतिक र प्रेरणाका साथसाथै स्वागत पनि गर्ने गरेका छन् । उनी वाक्यमा एउटा देशको लागि चाहिने सक्षम खेलाडीको रुपमा सम्मानित गर्न योग्य पात्र हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय