
रमेश कार्की,
चितवन । भरतपुर महानगर कि प्रमुख मेयर रेनु दाहालको पहलमा विगत १ बर्ष देखि नारायणी नदिमा नारायणगढ देखि गोलाघट सम्म सुरु गरेको ३५ किलोमीटर लामो तटबन्धन बाध्ने उनी देशकै पहिलो मेयर हुन् । ३ बर्षिय योजनामा बन्दै गरेको उक्त तटबन्धको ३५ प्रतिशत काम सकिएको छ । नारायणी किनारामा बासोबास गर्दै आइरहेका बासिन्दाहरुले हरेक बर्ष आउने बाढीले गर्दा कुम्लो बोकेर भाग्न पर्ने, जनधनको हानी गर्ने दिर्गकाल समस्यालाई एउटा स्थानीय तहको प्रमुखले सधैंको लागि समाप्त गरेका छन् । हजारौं बिगाहा जग्गा र घरहरू बेघर हुने भएकाले किनारमा बस्दै आइरहेका बासिन्दाहरुले उनको प्रशंसा दैनिक गर्ने गरेका छन् । जनताको ठुलो समस्या मध्ये बाढी एउटा ठूलो समस्या रहेको थियो । त्यहाँका बासिन्दाहरु भन्छन् “हाम्रो पुर्खा देखि भोग्दै आइरहेको समस्यालाई आज एउटा महिला मेयरले पहिलो प्राथमिकतामा काम गरेर हाम्रो समस्याको समाधान गरेकाले हामी खुसी र सुरक्षित महसुस भएका छौँ “।
मेयर दाहाल भन्छिन् “जनताको समस्या हल गरेर उनिहरुको माया र प्रशंसा पाउँदा म एउटा कुशल लिडर भएको महसुस गर्छु र अझै अगाडिको चुनौतीहरुलाई चिर्दै आजिवन जनताको सेवा गरेरै नै जीवन बिताउने सोच राखेकी छु”।