मजदुरका लागि मजदुर भन्ने मुल नारा सहित स्थापना भएको नेपाली मजदुर एकता समाज स्थापनाको ३ वर्षको सेरोफेरोमा आइपुग्दा निक्कै उपलब्धि र चुनौती पार गर्दै आएको संस्था हो ।
बिश्वभर फैलिएको कोभिड -19 को महामारीमा प्रवासमा रहेका अधिकांश नेपाली श्रमिकको निम्ति आफ्नो महत्त्वपूर्ण अभिभारा पूरा गर्दै माल्दिश, युएई लगाएत अधिकांश देशमा तत्कालीन अवस्थामा अलपत्र र विरामी कामदारलाई उद्वार तथा उपचारको निम्ति महत्त्वपूर्ण भुमिका निर्बाह गरेको मजदुर समाज पछिल्लो समय विभिन्न कारण निष्क्रिय जस्तै बनेको थियो ।
पछिल्लो समय संस्थाका प्रमुख अभियान्ता एवं केन्द्रिय महासचिव समर्पण भट्टराईको सक्रियतामा संस्थालाई पुन निर्माण सहित नयाँ ढंगले अगाडी बढाउनको निम्ति आवश्यक तयारी भैरहेको र चाडै नै महाधिवेशन सहित नयाँ केन्द्रिय समिति निर्माण गरेर अगाडी जाने निर्णयमा पुगेको मजदुर समाजका प्रवक्ता बिजय भुसालले जानकारी दिए ।
संस्थालाइ कसरी अगाडी लैजाने र नेपाली श्रमिकहरुको बास्तबिक अभिभावक कसरी बन्न सकिन्छ भन्ने विषयमा लामो छलफल पश्चात् नयाँ टिम र नयाँ नेतृत्व बनाएर अगाडी बढ्ने निर्णय भएको र यहि निर्णय अनुसार नै संस्थाको महाधिवेशन तत्काल बोलाउने निर्णय भएको मजदुर समाजकी कार्यलय सदस्य तथा संचार विभाग प्रमुख प्रिया रानाले नेपाल युनिटिलाई बताइन् ।