रमेश कार्की,
चितवन, भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले “युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न अहिले मुख्य चुनौति रहेको बताएका छन् “।
युवा दिवसको अवसर पारेर गत शनिबार भरतपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले देशमै रोजगारीको वातावरण नबनेसम्म युवालाई विदेश जानबाट रोक्न कठिन हुने बताए । “वैदेशिक रोजगारमा रहेको युवाहरूलाई स्वदेशमा बाताबरण तयार गरेर मात्रै आउन आग्रह गर्दछु “। उनले “म अरुले मिडियामा हचुवाको भरमा सयौं रोजगारी दिन्छु भनेर भ्रमित सन्देश दिएर जनताको भावनालाई बन्धक गर्न नसक्ने बताए ” भनेर अभिव्यक्ति दिएका थिए । उनले आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन युवाहरुलाई अपिल समेत गरेका छन् । सुरुवातमा कठिनाइ भने सहन आम युवाहरूलाई आग्रह समेत गरेका छन् । आजका युवाहरू एकदमै दूरदर्शी रहेको तर धैर्य र कष्ट गर्न पछि रहेकाले वैदेशिक रोजगारीलाई ध्यानाकषिर्त गर्दै दिनहु बाहिरी रहेको बताए ।