
रमेश कार्की,
चितवन । चितवन, भरतपुर महानगर अन्तर्गत नारायणी नदिको किनारमा दैनिक साझ ७ बजे देखि ७:४५ बजे सम्म महाआरती हुने गरेको छ। दैनिक दुई हजार देखि पाँच हजार सम्म भक्तजनको भिड हुनुको साथै दिनभरिको थकाइ र कामको दौडधुपले आम मानिसहरू आफ्नो थकान मेटाउन जाने गर्छन् । आरतीमा सहभागी भक्तजनहरु द्वारा दैनिक लाखौं रुपैया दक्षिणा संकलन हुने गर्दछ । अझै भरतपुर महानगर कि मेयर रेनु दाहालको पहलमा बनेको “सी बिच” मोडल तयार भएपछि साझपख तस्बिर खिच्ने र नदिको किनारमा चिसो हावाको आनन्द लिन धेरैजसो युवा र बालबालिकाहरुको भिड अत्यधिक देखिदै गइरहेको छ । नदिको किनारामा राखिएको सानोतिनो पसलहरुबाट दैनिक लाखौ रुपैयाँको आम्दानी हुनको साथै ब्यपारीहरुको दैनिक गुजारा राम्रो संग चलिरहेको छ ।