२०८०, भाद्र १६ गते शनिवार, ललितपुरको ललितपुर मल, लगनखेलमा नवतलाश राष्ट्रिय मासिकको १७ औ वार्षिकोत्सबको सु- अवसरमा नवतलाश सम्मान, साहित्यकार / समालोचक डा. सुषमा आचार्यज्यूको ‘कसले सुन्छ मेरो आवाज’ कृति समीक्षा तथा तीज कार्यक्रम भएको थियो । नवतलाश राष्ट्रिय मासिकले नवतलाश सम्मान कार्यक्रम वर्षेनि गर्दै आएको थियो । विश्वमा भएको कोरोना र विविध कारणले ४-५ वर्षसम्म कार्यक्रम हुन सकेको थिएन । उक्त पत्रिकाले सामाजिक कार्यक्रम भने केही समयदेखि गर्दै आएको देखिन्छ ।
उक्त कार्यक्रमको सभाअध्यक्ष पत्रिकाको सम्पादक/ प्रकाशक / लेखक कमला शाक्य (सृष्टि)ज्यू र कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ समाजसेवी/ सफल उद्यमी अम्बिका श्रेष्ठज्यूको रहनुभएको थियो भने विशिष्ट व्यक्तित्वहरु: प्राज्ञ गीतकार/ साहित्यकार तथा पत्रिकाको संरक्षक उन्नति बोहोरा शीलाज्यू, साहित्यकार जलेश्वरी श्रेष्ठज्यू (पत्रिकाको संरक्षक) डा. सुषमा आचार्यज्यू( सम्मानित), डा. केशव भूषालज्यू(पुस्तक समिक्षक), वरिष्ठ सौन्दर्यकर्मीद्वय नानू राजभण्डारीज्यू (सम्मानित), श्रृजना प्रधानज्यू, वरिष्ठ सञ्चारकर्मी मञ्जु कार्कीज्यू (सम्मानित), समाजसेवी राज्यलक्ष्मी बज्राचार्यज्यू ( सम्मानित), भजनकार/ समाजसेवी शिला पन्तज्यू(सम्मानित), समाजसेवी ज्योति केसीज्यू (पत्रिकाको आजीवन सदस्य), नेपाल भाषा साहित्यकार विमल प्रभा बज्राचार्यज्यू (सम्मानित), हस्तकला उद्यमी शान्ति राजभण्डारी श्रेष्ठज्यू(सम्मानित), विश्व हिन्दु महासंघकि कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीज्यू, प्राज्ञ /कलाकार सुष्मा राजभण्डारीज्यू, गीतकार / ज्योतिषी कल्पना अधिकारीज्यू, उद्यमी खिनु विष्ट अधिकारीज्यू लगायतको साथ र उपस्थितिले कार्यक्रम सफल भयको थियो ।
साथै प्रदेशमा रहेर पनि पत्रिकाको सामाजिक गतिविधिमा सहयोग पुर्याउने नवतलाश पत्रिकाको रिपोर्टर /समाजसेवी प्रिया रानामगरजीको साथ र कवि क्रान्ति पराजुलीको उपस्थिति रह्यो भने प्रत्यक्ष/ अप्रत्क्षयरुपमा सम्पूर्ण महानुभाबको पत्रिकालाई माया पाएको देखिन्छ। उक्त कार्यक्रममा मायाको चिनो प्रायोजन कम्प्युटर, न्युरोड काठमाडौंले गरेको थियो ।
स्वागत मन्तव्य: कवि/ गायिका उमा श्रेष्ठ
कार्यक्रम सञ्चालन : सञ्चारकर्मी /कवि प्रतिमा राई
कार्यक्रम सहयोगी: सौन्दर्यकर्मीद्वय लक्ष्मी ठकुरी रिसाल, मैयाँ डंगोल