काठमाडौैं। नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिनभरि च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।

गए राति हृदयघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा राखिने भएको हो।

हिजो दिनभर ज्वरो आए पछि घरमा नै आराम गरिरहेका नेम्वाङको राति १ बजे उपचारकै क्रममा निधन भएको थियाे।

संविधानसभा अध्यक्ष नेम्वाङको अन्तिम संस्कार भने हाल अष्ट्रेलियामा रहेका छोरा स्वदेश फर्के पछि मात्रै गरिनेछ। छोरा नेपाल फर्के पछि मात्रै अन्तिम संस्कार गरिने भएकाले नेम्वाङको पार्थिब शरिर च्यासलस्थित केन्द्रिय कार्यालयमा राखिनेछ।

एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिने परिवारले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय