रमेश कार्की
काठमाडौं । नेपालको खेलकुद क्षेत्रमा सबैभन्दा सफल खेल भनेर तेक्वान्दोलाई चिन्ने गरिन्छ । नेपालले विगत देखि हालसम्म तेक्वान्दोबाट ओलम्पिकमा १ कास्य पदक, एसियाली खेलकुदमा १ रजत र १३ कास्य गरी अहिलेसम्ममा १५ पदक भित्र्याएको छ। नेपालले कतारमा सन् २००६ मा सप्पन्न भएको एसियाली खेलकुदबाट दिपक बिष्ट, आयसा शाक्य र मनिता शाहिले तीन कास्य पदक ल्याएका थिए । तर पछिल्ला ओलम्पिक र चार एसियाली खेलकुदमा भने तेक्वान्दोमा पदक भित्र्याउन सकेको छैन ।
चीनको पूर्वी शहर हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा पनि नेपाल तेक्वान्दोबाट पदकविहीन भएको छ ।
तेक्वान्दोबाट ११ जना खेलाडी सहभागी भएकोमा पुम्सेमा प्रेम लिम्बू, ४९ केजी तौल समूहमा अन्जली तामाङ र ६३ केजी तौल समूहमा गोविन्द आलेले एक एक खेल जितेका थिए भने प्रेमले अन्तिम १६ को खेल जितेर क्वार्टरफाइनलमा स्थान बनाएका थिए । तर उनी अन्तिम आठबाट अघि बढ्न सकेनन् । अन्जली र गोविन्दले अन्तिम ३२ को फाइट जिते पनि अन्तिम १६ मा हार ब्यहोरे। लगातार चार एसियाली खेलकुदमा पदक विहीन भएपछि नेपाल टिम के कुरामा चुक्न परेको छ यो गम्भीरतापूर्वक ध्यानाकर्षण गर्ने समय आएको छ ।
नेपाल एसियाली खेलकुदमा पदक बिहिन हुनुको मुख्य कारणहरु ।
1. राजनीतिक अस्थिरता र खेलकुदमा विवाद ।
2. पुर्व राष्ट्रिय साग गेम्सका धेरै जसो पदक बिजेताहरु विदेश पलायन हुनु ।
3. खेलाडीहरुलाई बन्द प्रशिक्षण, डाइट, र सेवासुबिधाको कमि ।
4. नयाँ प्रबिधि अनुसारको खेल हुने भएकोले बिदेशी खेलाडीहरुको उचाई भन्दा कम हुनु ।
5. राष्ट्रिय टिममा रहेका सबै खेलाडीहरु नयाँ र अनुभवी नभएकाले ।
यी सबै कुराहरुमा नेपाल तेक्वान्दो संघ, खेलकुदका आधिकारिक संघ राखेपा ओलम्पिक एसोसिएसन र मन्त्रालयले ध्यानाकर्षण गर्न अत्यन्तै जरुरी देखिएको छ ।