रमेश कार्की 

चितवन । भरतपुरकी मेयर रेणु दाहाल र नेपालका लागि रुसी राजदूत एलेक्सी नोभिकोभ बीच भेटवार्ता भएको छ । उनीहरुबीच कृषि, पर्यटन, यातायात पूर्वाधार, शिक्षा, रुसी सहर र भरतपुर महानगरपालिका बीच भगिनी सम्बन्ध स्थापना जस्ता क्षेत्रमा द्विपक्षीय सम्बन्धको सम्भावनाबारे छलफल भएको थियो ।

भरतपुर उत्कृष्ट पर्यटकीय गन्तव्य भएकाले ‘भिजिट भरतपुर २०२४’ अभियानका लागि मेयर दाहालले राजदूतलाई दुर्लभ वनस्पति र जीवजन्तु, विभिन्न दुर्लभ जीवजन्तु रोयल बंगाल टाइगर र एकसिङ्गे गैडा देख्न पाइने सम्पन्न आफ्नो क्षेत्रमा रुसी नागरिकलाई आमन्त्रण गरेकी छिन् । र दक्षिण एशियाको सबैभन्दा ठूलो सफारी पार्कहरू मध्ये भरतपुर महानगरपालिका एक भएको कारण नै मेयर दाहालले भिजिट बर्षको महत्त्वाकांक्षी बोकेर अभियानलाई निरंतरता दिएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय