रमेश कार्की
चितवन । भरतपुर महानगरपालिकाले मिति २०८० कार्तिक १७ गते राती ११ः४७ को समयमा जाजरकोट केन्द्रविन्दु बनाई गएको भुकम्पबाट प्रभावित जाजरकोट र रुकुमका भूकम्प प्रभावितका लागि सम्पूर्ण जनप्रतिनिधिको १ महिनाको पारिश्रमिक तथा सुविधा, महानगरमा कार्यरत अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायकस्तरका कर्मचारीको ३ दिनको तलब, महानगरमा कार्यरत शिक्षकहरूमा मा.वि शिक्षकको ३ दिनको र आधारभूत तहका शिक्षकको २ दिनको तलब सहित महानगरले थप आन्तरिक स्रोतबाट व्यहोर्ने गरी रु १ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ साथै थप अन्य सहायताका लागि छिट्टै नै सहायता सामाग्री सहित १ टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउने निर्णय भएको छ । साथै भरतपुर महानगर भित्रका सम्पुर्ण पक्षलाई यस बिपदको घडीमा सहयोग कार्यमा जुट्न महानगर प्रमुख रेनु दाहालले अपिल गरेकी छिन् ।