खोटाङ — खोटेहाङ गाउँपालिकाको खोटाङ बजारस्थित इलाका प्रशासन कार्यालयमा तीन दिनदेखि सेवा प्रवाह बन्द भएको छ । उक्त कार्यालयमा कार्यरत कायम मुकायम शाखा अधिकृत मोहनबहादुर राईको अवधि सकिएपछि सेवा प्रवाह बन्द भएको हो ।

राईलाई ६ महिनाअघि गृह मन्त्रालयले कायम मुकामको जिम्मेवारी दिएको थियो । उनको कायम मुकायम अवधि सकिएपछि नागरिकता, जनजाति, दलित प्रमाणीकरण, नाबालक परिचय–पत्र वितरणलगायतका काम बन्द भएका छन् ।

गत पुस २० गतेदेखि सकिएपछि बीचमा दुई दिन आफैं गएर नागरिकता लगायतका सेवा दिएर आएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । त्यसपछि अहिले कामकाज ठप्प भएको प्रजिअ सुनारले बताए ।

कर्मचारी व्यवस्थाका लागि सम्बन्धित निकायमा पत्राचार गरिसकेको प्रजिअ सुनारको भनाइ छ । सेवा प्रवाह रोकिएपछि खोटेहाङ, जन्तेढुंगा र बराहापोखरी गाउँपालिकाका २१ वटा वडाका सेवाग्राही मारमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय