रमेश कार्की 

चितवन । स्थानीयको चर्को विरोधपछि स्थगित भएको पूर्व पश्चिम रेलमार्गको भरतपुर खण्डको नयाँ रुटको अध्ययन गरिने भएको छ । अध्ययनका लागि रेल विभागका महानिर्देशक रोहितकुमार बिसुराल सहितको प्राविधिक टोली बुधबार भरतपुर आइपुगेको हो । पुस २८ गते भरतपुर महानगरपालिकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको उपस्थितिमा चितवनका सरोकारवालासँगको बैठकले वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने निष्कर्ष निकालेको थियो । विकल्पमा प्रस्तुत गरिएको २ रुट टिकौली हुँदै आँपटारी र राप्ती तटीय क्षेत्र हुँदै गोलाघाट जोड्ने भनिएको रुटको टोलीले स्थलगत अध्ययन गर्ने जनाएको छ ।

अध्ययन पूर्व भरतपुर महानगरपालिका सभाहलमा सरोकारवालासँग भएको छलफलले अबको नयाँ रुट निर्माण गर्दा भरतपुर महानगरपालिकाका प्राविधिकसहित कम बस्ती भएको स्थान र कम क्षति हुने गरी पूर्व पश्चिम रेल मार्गको रुट भरतपुरमा निर्माण गर्न सुझाव दिएका छन् । अध्ययन गर्ने टोलीले भरतपुरका राजनीतिक दल, विज्ञ, स्थानीय सरोकारवालासँगको समवन्यमा रुटको कार्यलाई अगाडि बढाउने छ । छलफल कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पुराना वैकल्पिक ५ वटा रुटमा रेलमार्ग निर्माण गर्न नसकिने उल्लेख गरिन् ।

भरतपुर महानगरपालिकाको सहरी सौन्र्यकरणलाई बिगार्ने गरी रेल मार्ग निर्माण गर्दा अहिले भइरहेको विकास आयोजनामा ठूलो क्षति पुग्ने मेयर दाहालले बताएकी छन् । १४ वर्षअघि तयार पारिएको योजना प्रतिवेदन भरतपुरमा अहिले कत्ति पनि मेल नखाने भएकाले खाली र जनतालाई क्षति नपुग्ने गरी काम अगाडि बढाउन रेल विभागका कर्मचारीलाई अनुरोध गरिन् । कार्यक्रममा उपस्थिति अधिकांश सरोकारवालाले प्रमुख दाहालको भनाइलाई सर्मथन गर्दै नयाँ रुट भरतपुरको लागि अभिशाप होइन बरदान हुने गरी निर्माण गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय