रमा थापा
भारत । नेकपा माओवादी केन्द्र निकट अखिल भारत एकता मंचको लुधियाना जिल्ला अन्तर्गत पुर्बी नगर समितिको पुनर्गठन गरेको छ । पुनर्गठन कार्यक्रमा उपस्थित अतिथि तथा वक्ताहरुले आफ्नो धारणा राख्ने क्रममा पुर्व नेतृत्वहरु अराजक बनेको र पार्टीको नीति नियम विपरीत गतिविधि गर्दै आएको साथै पीडितहरुलाई न्याय दिलाउन पहल गर्नुको सट्टा विभिन्न प्रभाव र दबाब पारेर पीडित अझै पीडित बनाउने कार्य भएको र उक्त कुराहरू आफुहरुलाई मान्य नभएको कारण आफुहरुले भेला बोलाएर समितिको पुनर्गठन गर्नु परेको बताएका हुन् ।

कार्यक्रमको संचालन बाबुराम परिवारले गरेका थिए भने कार्यक्रमको अध्यक्षता बाबुराम बिकले गरेका थिए । यस्तै प्रमुख अतिथिमा अखिल भारत नेपाली एकता मंच केन्द्रिय सचिवालय सदस्यीय तथा दक्षिण एसिया समन्वय समिति सदस्य चित्र बहादुर परियार रहनु भएको थियो । यस्तै अतिथिहरुमा अखिल भारत नेपाल एकता मंचकि केन्द्रिय सदस्य मेनुका बराल तेस्तै केन्द्रिय समिति सदस्य तथा राज्य इन्चार्ज पदम केसि रहनु भएको थियो भने स्वागत मन्तव्य कमला गुरुङले राख्नु भएको थियो । भेला बाट बाबुराम बिकको अध्यक्षतामा ११ सदस्यीय नगर समिति बनाएको हो ।

अध्यक्ष बाबुराम बिक उपाध्यक्ष हर्क बहादुर बिक, टिकाराम बिक, बसन्त थापा, सचीव बाबुराम परियार कोषाध्यक्ष बिजय पुन सदस्यहरुमा छबिलाल बिक, कुमार नेपाली, सचिन थापा, एस कुमार थापा, एक सदस्य पहिलो बैठक बाट मनोनयन गर्ने गरि ११ सदस्यीय नगर समिति गठन गरिएको अध्यक्ष बाबुराम बिकले नेपाल युनिटीलाई बताए ।

भेलाले महिला नगर समिति समेत गठन गरेको छ जसमा अध्यक्ष उमा बिक, उपाध्यक्ष बसन्ती बिक, सुनिता श्रेष्ठ सचीव लक्ष्मी परियार, कोषाध्यक्ष मन्जु परियार सदस्यहरुमा सुनिता बिक, जुना बिक, कमला परियार, खुस्बु बिक, तिल कुमारी खासु र सल्लाहकारमा कमला गुरुङ रहने गरि गठन भएको हो ।

उक्त भेलाले हर्क बहादुर बिक अध्यक्ष र कमल शर्मा सचीव रहने गरि १६ सदस्य एरिया समिति पनि गठन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि चित्र बहादुर परियार अतिथि द्वय मेनुका बराल पदम केसि लगाएतले धारणा राख्नु भएको थियो । धारणा राख्ने क्रममा नयाँ समितिले साच्चिकै जनपक्षीय काम गर्दै जानेकुरामा आफुहरु विश्वस्त रहेको र अराजक र पार्टी निति विपरीत गर्नेहरूका विरुद्ध अर्को नयाँ अध्यायको सुरुवात समेत भएको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय